सशस्त्र प्रहरी बलको विशेष तालिम केन्द्र उद्घाटनमा प्रमुख विभूषित

सशस्त्र प्रहरी बलको विशेष तालिम केन्द्र उद्घाटनमा प्रमुख विभूषित

सप्तरीको बरमझियामा सशस्त्र प्रहरी बल नेपालले तालिम केन्द्र स्थापना गरेको छ । सशस्त्रका महानिरीक्षक राजु अर्यालले उक्त तालिम शिक्षालयको हिजो उद्घाटन गरेका हुन् । 

सप्तरीको कञ्चनरुप नगरपालिका २, बरमझियास्थित दन्तकाली विशेष कार्य तालिम शिक्षालयको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले सशस्त्रले विशेष कार्यप्रकृति अनुसारका तालिम सम्बन्धित स्थानमा मात्रै सञ्चालन गर्ने जानकारी दिएका छन् ।

विपद् व्यवस्थापन, हुलदंगा, सीमा सुरक्षा, राष्ट्रसंघीय शान्ती स्थापना सम्बन्धी तालिम सञ्चालनका लागि तालिम शिक्षालय रहेकोमा अबदेखि विशेष प्रकृतिका कार्यहरुसँग सम्बन्धित तालिम प्रदान गर्न सप्तरीमा तालिम शिक्षालयको स्थापना गरिएको बताए । एन्टिटेरोरिजम, होस्टेज रेस्क्यू, फायर फाइटिङ् एवम्  वाटर रेस्क्यू सम्बन्धी तालिम उक्त शिक्षालयमा सञ्चालन गरिने छ । 

गत वर्षमात्र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकसहितको संरचनागत कार्य प्रारम्भ गरेको शिक्षालयले एक वर्षमा उद्घाटन गर्न सफल भएकोमा शिक्षालयको गरेका छन् । सो अवसरमा महानिरीक्षकले शान्तीको प्रतिक एकजोडी सेतो परेवा समेत उडाएका थिए । 

समारोहमा तालिम केन्द्रमा उत्कृष्ट कार्य गरेका सशस्त्र प्रहरी उपरीक्षकसहित १८ जनालाई प्रशंसापत्र प्रदान गरिएको थियो । शिक्षालयलाई प्रत्यक्ष सहयोग गरेका नगरपालिका, गाउँपालिका, स्थानीयलाईसमेत प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।  

शिक्षालयका प्रमुख समादेशक एसएसपी दिग्विजय सुवेदीलाई महानिरीक्षकले सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसाद्वारा विभूषित गरिएको बताइएको छ ।

टिप्पणीहरू