केराबारीमा एकै घरका दुई नाबालिका मृत अवस्थामा
मोरङको सुन्दरहरैंचा–७, बेलगाछीमा एकै घरका दुई बालिका मृत फेला परेका छन् । स्थानीय अर्जुन कार्कीका ३ र डेढ वर्षीया छोरीहरु आज साँझ केराबारी जङ्गलमा मृत भेटिएका हुन् ।
हिजो बेलुकीदेखि हराएका उनीहरुलाई आज साँझ घाँस काट्न गएकाले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालिकाहरुको शव नजिकै विषको सिसी समेत फेला परेको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान थालिएको छ ।
टिप्पणीहरू