जहाज नउडेकोबारे नेपाल वायुसेवाको यस्तो स्पष्टिकरण
नेपाल वायुसेवा निगमले आफ्ना विमान र उडान सेवाबारे गलत प्रचार गरिएको जनाउँदै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ । केही दिनदेखि निगमविरुद्ध फैलाइएको नियोजित प्रचारबारे ध्यानाकर्षण भएको उल्लेख गर्दै चार विमानमध्ये दुई उडानमा रहेको र एउटा एक साताभित्र मर्मत गरी इटालीबाट ल्याउने उसको दावी छ ।
निगमका चारमध्ये तीन विमान ग्राउण्डेड भन्ने प्रचारमा सत्यता नभएकोवारे प्रवक्ता रमेश पौडेल प्रष्ट पार्दै भन्छन्-दुई वटा न्यारोबडी जहाज उडानमा रहेको र एउटा वाइडबडी विमान एक साताभित्र मर्मत गरी काठमाडौं आइपुग्दै छ । उनले भने, ‘चाडबाडको मुखमा सँधै नेपाल वायुसेवाबारे अनर्गल प्रचार गर्दै आएको समूहले यो वर्ष पनि साउनदेखि नै अफवाह फैलाएको छ । हाम्रा दुई वटा विमानले उडान गरिरहेका छन् ।’ निगमका कल साइन ९ एन एकेएक्स र ९ एन एकेडब्लु न्यारोबडी जहाजले नियमित उडान गरिरहेका छन् ।
सिचेक मर्मतका लागि मेन्टिनेन्स एण्ड रिपेयर अर्गनाइजेसन (एमआरओ) इटाली लगिएको वाइड बडी विमानलाई सेप्टेम्बर पहिलो साताभित्र नेपाल आएपछि नियमित उडानमा संलग्न गराइने छ । यता आन्तरिक उडानमा रहेका दुई वटा विमानमध्ये एउटाको मर्मत भइरहेको छ । एउटा नियमित उडानमा रहेको र अर्को दशैंअघि उडानमा आउने निगमको विश्वास छ ।
पौडेलले विमानका कतिपय पार्टस् जोड्न सुपरग्लु प्रयोग गरिएको भन्ने बेतुकको समाचारप्रति पनि आपत्ति जनाए । ‘हुँदै नभएको कुरो प्रचार गरेर कसको हितमा काम गर्न खोजियो भन्ने प्रष्ट छ । यसले मुलुक र मुुलुकको ध्वजावाहक निगमको शाख गिराउने खेलबाहेक केही होइन भन्ने यथार्थ खुल्दै गएको छ,’ पौडेलले भनेका छन् ।
विमान मर्मत तथा पार्टस् फेर्ने काम प्रमाणित इञ्जिनियरहरुद्वारा मात्र हुने विशिष्ट कार्य भएकाले अनावश्यक प्रचार गरेर भ्रम नफैलाउन सबैमा अनुरोध गरिएको छ । पौडेल भन्छन्, ‘सुपरग्लु लगाएर जहाज उडाउन खोजियो भन्नु हौवा मात्रै हो । इन्टरनेशनल स्टाण्डर्डअनुसार गरिने मर्मतबारे हचुवा र मनगढन्ते समाचार बनाइयो । यस्ता गलत प्रचारबाट कसको भलो र कसको कुभलो गरिँदैछ भन्ने भोलिका दिनमा खुल्ने
टिप्पणीहरू