नयाँ शहरका लागि परामर्श सेवा माग

नयाँ शहरका लागि परामर्श सेवा माग
सुन्नुहोस्

सरकारले नयाँ शहर आयोजना कार्यालयका लागि इञ्जिनियरिङ परामर्श सेवा मागेको छ । 

विज्ञ जनशक्तिको परामर्श सेवा लिनुपर्ने भएकाले इच्छुक आर्किटेक्ट इञ्जिनियरलाई १५ दिनभित्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्न सरकारले आह्वान गरेको हो । 

शहरी विकास मन्त्रालयअन्तर्गत नयाँ शहर आयोजना समन्वय कार्यालयद्धारा आज जारी सूचनामा योग्यता पुगेका विज्ञहरुलाई आवेदन दिन भनिएको छ । जसनुसार वास्तुकला विषयमा स्नातक तह उत्तीर्ण गरेका र तीन वर्षको अनुभव प्राप्त गरी नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका उम्मेदवारले दरखास्त दिन सक्नेछन् । 

कार्यालयले ११ वटा नयाँ शहर बैतडीको पाटन, अछामको साँफेबगर, दैलेखको राकम कर्णाली, सुर्खेतको भेरीगंगा, रुकुम पश्चिमको चौरजहारी, तेह्रथुमको वसन्तपुर, बागलुङको बुर्तिबाङ, तनहुँको डुम्रे भन्सार, धादिङको बैरेनी गल्छी, सिन्धुलीको खुर्कोट र पाँचथरको फिदिमस्थित कार्यालयका लागि आर्किटेक्ट आवश्यक रहेको जनाएको छ ।

टिप्पणीहरू