नेपाली सिक्ने राजदूतको रहर, सहयोगका लागि दूतावासको आग्रह
नेपालका लागि बेलायती राजदूत रव फेनले नेपाली भाषा सिक्ने इच्छा प्रकट गरेका छन् ।
नेपाली भाषा निकै सुन्दर भाषा भएकोले सिकिरहेको बताउँदै उनले अझै सिक्ने चाहना राखेका हुन् । ‘म नेपाली भाषा सिक्दैछु, मलाई मनपर्ने एउटा नेपाली शब्द रंगीचंगी हो’, राजदूत फेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईलाई मनपर्ने शब्द चाहीँ कुन हो ?’
होलीको अवसरमा खिचेको तस्वीर देखाउँदै उनले नेपालको सांस्कृतिक विविधताप्रति गर्व गरेका छन् । ‘यो निकै विविधताले भरिपूर्ण देश हो । तपाईहरु यति सुन्दर देशमा बाँचिरहनु भएको, तपाईहरु साँच्चीकै भाग्यमानी हुनुहुन्छ’, राजदूतले भनेका छन् ।
नेपालस्थित ब्रिटिस दूतावासले राजदूत फेनको नेपाली भाषा सिक्ने रहरलाई पूरा गरिदिन सहयोग मागेको छ ।
टिप्पणीहरू