तीजमा तडकभडक गर्न खोज्नेलाई सचेत गराईंदै

तीजमा तडकभडक गर्न खोज्नेलाई सचेत गराईंदै

जिल्ला प्रशासन कार्यालय, बर्दियाले तीजमा भड्किला र खर्चिला कार्यक्रम नगर्न सतर्क गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले तीज मनाउने नाममा अनावश्यक कार्यक्रम नगर्न सचेत गराएका छन् । 

केही वर्षयता यस्तो विकृति बढ्दै गएको उल्लेख गदैै कार्यालयले तीज हिन्दु महिलाहरुको सनातन सांस्कृतिक पर्व रहेकाले यसको मौलिक रुपमा संरक्षण र संवद्र्धन गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ । भनिएको छ, ‘यस्ता सांस्कृतिक पर्वहरुले सबै नेपालीबीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।’ 

सिडिओ कार्यालयका अनुसार विगतको तुलनामा हालका वर्षमा तीज मनाउने नाममा अनावश्यक भड्किला र खर्चिला कार्यक्रम बढेको छ । परम्परा एवम् सामाजिक रीतिरिजावलाई मौलिक रुपमा संरक्षण र संवद्र्धन गर्न आग्रह गरिएको छ । यसमा आवश्यक सहयोगको अपेक्षा गर्दै तीज पर्व सभ्य र अनुशासित रुपमा मनाउन सिडिओ कार्यालयले सबैलाइ अनुरोध गरेको हो ।

टिप्पणीहरू