उडान डाइभर्ट,सवा सय यात्रुलाई पाँच तारेमा ब्यवस्थापन

उडान डाइभर्ट,सवा सय यात्रुलाई पाँच तारेमा ब्यवस्थापन

सिचुआन प्रान्तको राजधानी छन्तुबाट काठमाडौं आएको एअर चाइनाको विमान अवतरण गर्न नसकेपछि उतै फर्केको छ । तिआनफु अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको एअर चाइनाको उडान नम्बर सीए ४३७ विमान बिहान १० बजे काठमाडौं वरपरको मौसम खराब भएपछि अवतरण नगरी उतै फर्केको थियो । 

सोही विमानमा आज काठमाडौंबाट छन्तु जान तयार १२० जना यात्रुलाई भोलि बिहान उडाइने भएको छ । बोर्डिङपछि विमानमा यात्रा गर्न तयारी ती सबैलाई एअर चाइनाले लाजिम्पाटस्थित होटल र्याडिसनमा लगेर राखेको बताइएको छ ।

विमान डाइभर्टपछि छन्तु पुगेका झण्डै डेढ सय यात्रुलाई पनि उताको होटलमा लगेर राखिएको छ । उनीहरुलाई भोलि बिहानको उडानमा काठमाडौं ल्याइने जनाइएको छ ।

टिप्पणीहरू