सदस्यता शुद्धीकरणमा उपलब्धिसँगै त्रुटी सच्चाइएको पत्रकार महासंघको दाबी
नेपाल पत्रकार महासंघले आगामी असोज ५ गते निर्वाचन सम्पन्न गर्ने भएको छ । मातहतका निर्वाचन समितिलाई गरिएको पत्राचारमा असोज ५ गते महासंघका सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गरिने उल्लेख छ ।
महासंघ आफैँमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यासका क्रममा निर्वाचन केही ढिला हुन पुगेको अध्यक्ष विपुल पोखरेलले बताएका छन् । उनले यसबाट आमपत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरुमा निराशा र चिन्ता देखिनु स्वाभाविक रहेको उल्लेख गरे ।
‘घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरु जेजस्ता भएपनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्दछु,’ जारी विज्ञप्तिमा अध्यक्ष पोखरेलले भनेका छन्, महासंघले यसबीचमा भोगेका सकारात्मक पक्षहरु अनुशरण गर्दै नकारात्मक पक्षहरुबाट शिक्षा लिँदै सच्चिनुपर्ने आवश्यकता महशुस गरेको छ ।’
लामो समयदेखि बहसमा रहेको सदस्यता शुद्धीकरणमा यो पटक महासंघले महत्वपूर्ण उपलब्धि हासिल गरेको पोखरेलको दाबी छ । उनले शुद्धीकरणका क्रममा भएका त्रुटीहरु क्रमशः सच्याउनुपर्ने आवश्यकतासमेत देखिएको बताए ।
टिप्पणीहरू