म्यान्मारमा हात्तीको दुर्लभ जुम्लाहा छावा

म्यान्मारमा हात्तीको दुर्लभ जुम्लाहा छावा फोटो स्रोत : सिन्ह्वा ।
सुन्नुहोस्

म्यान्मारमा एउटा पोथी हात्तीले दुर्लभ जुम्ल्याहा छावा जन्माएको छ । एउटा भाले र एउटा पोथी छावा दक्षिण म्यानमारको विंगाबो हात्ती केन्द्र, बागोमा जन्मिएका हुन् ।

२१ वर्षकी पर्ल सान्दार नामकी पोथी हात्तीले भदौ १० गते ती छावालाई जन्म दिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । पहिले पोथी र एक मीनेटपछि भाले छावा जन्मिएका थिए । 

छावाले दुई दिनसम्म आमाको दुध पिउन नसकेपछि बोटलको दुध खुवाउनु परेको केन्द्रका अधिकारीहरुले जनाएका छन् । सन् १९६० पछि म्यानमारमा हात्तीले जुम्ल्याहा छावा जन्माएको यो बाह्रौ घटना हो ।

टिप्पणीहरू