व्यवसायीहरुको मुख्यसचिवसँग अनुराेध

व्यवसायीहरुको मुख्यसचिवसँग अनुराेध

नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले भेट गरेका छन् । अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको टोलीले भेटमा अर्थतन्तत्रमा तीव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेकोतर्फ मुख्यसचिवको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष ढकालले आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आर्थिक सुधार आयोग यसमा केन्द्रित हुनुपर्ने र महासंघ सघाउन तयार रहको बताउनुभयो । ‘महासंघको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग गठन भएको छ । यसले आर्थिक सुधारका लागि धेरै काम गर्नुपर्छ । महासंघले पनि यसमा सघाउनेछ,’ उहाँले भन्नुभयाे । 

निजी क्षेत्रलाईसमेत अख्तियारले हेर्नेगरी कानूनहरु बन्न लागेकोतर्फ समेत मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराउँदै भनिएकाे छ, ‘यसले लगानी निरुत्साहित हुने भएकाले त्यस्तो व्यवस्था हटाउन पहल गर्नुपर्यो ।’

भेटमा मुख्यसचिव अर्यालले निजी क्षेत्रको महत्व बुझेकाले लगानी प्रोत्साहितको निम्ति आफू प्रतिबद्ध रहेको जनाउनुभएको छ ।

टिप्पणीहरू