सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न नगरपालिकाको आग्रह

सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न नगरपालिकाको आग्रह

भक्तपुर नगरपालिकाले सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न आग्रह गरेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका नगरबासीलाई परिचयपत्र नवीकरण गर्न अनुरोध गरिएको छ ।

नगरपालिकाले भदौ ३० गतेभित्र राष्ट्रिय परिचयत्रको आधारमा बायोमेट्रिक भेरिफिकेसनमार्फत सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न भनेको छ । 

‘सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ४ अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुले यही २०८१ साउन १ गतेदेखि भदौ ३० गतेभित्र राष्ट्रिय परिचयपत्रको आधारमा बायोमेट्रिक भेरिफिकेसनमार्फत् सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि आवश्यक कागजातसहित आफु स्वयम् सम्बन्धित वडा कार्यालयमा उपस्थित भई परिचयपत्र नवीकरण गराउनुहुन जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
 
तोकिएको समयमा परिचयपत्र नवीकरण नगरेमा सामाजिक सुरक्षा भत्ताको रकम प्रदान नगरिने समेत नगरपालिकाले जनाएको छ ।

टिप्पणीहरू