विश्वका विभिन्न मुलुकका प्रतिनिधि लैंगिक समावेशीकरण छलफलमा जुट्दै
लैंगिक समावेशीकरण सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु हुँदैछ । बूढानीलकण्ठस्थित पार्क भिलेजमा हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा भाग लिन हिजो रातिसम्म पनि सहभागीहरु आउने क्रम जारी छ । गएराति पौने १० बजे माल्दिभ्स र इण्डोनेसियाका चार जना प्रतिनिधि सिंगापुर एअरलाइन्सको उडानमा काठमाडौं आइपुगेका छन् । हिजो अपरान्ह कतार एअरवेजको उडानमा दोहा हुँदै कतार, ओमान, जोर्डनका पाँच जना प्रतिनिधि आएका थिए ।
त्यसअघि नयाँ दिल्लीबाट भिस्तारा एअरको उडानमा भारतका दुई जना प्रतिनिधि आएका हुन् । दिउँसो फ्लाई दुबईको उडानमा सामोआका दुई जना प्रतिनिधि काठमाडौं आइपुगेका थिए । हिजै साढे १२ बजे थाइल्याण्डका दुई जना थाइ एअरवेजको उडानमा आएका हुन् । अस्ति राति क्याथे प्यासिफिकको उडानमा फिलिपिन्सका प्रतिनिधिहरु आइपुगेका हुन् ।
टिप्पणीहरू