आधा दर्जन मुलुकमा काउन्सेलर तथा श्रम सहचारी रिक्त
सरकारले आधा दर्जन मुलुकमा काउन्सेलर (श्रम) तथा श्रम सहचारीका लागि आवेदन खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सूचना निकाल्दै विभिन्न छ देशमा निकट भविष्यमा रिक्त हुने काउन्सेलर तथा श्रम सहचारी छनौटका लागि आवेदन माग गरेको छ ।
मन्त्रालयका अनुसार दक्षिण कोरियाको सियोल, कतारको दोहा र मलेसियाको क्वालाम्पुरस्थित नेपाली राजदूतावासमा निकट भविष्यमा काउन्सेलर पद रिक्त हुँदै छ । यस्तै, संयुक्त अरब इमिरेट्सको अबुधानी, साउदी अरेबियाको जेद्दा, मलेसियाको क्वालालम्पुर र ओमानको मस्कटस्थित नेपाली राजदूतावासमा श्रम सहचारी रिक्त छ ।
इच्छुकले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
टिप्पणीहरू