खानेपानी उद्योगमा मनपरी, जनस्वास्थ्य र मूल्यमा लापरबाही

खानेपानी उद्योगमा मनपरी, जनस्वास्थ्य र मूल्यमा लापरबाही
सुन्नुहोस्

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानी उद्योगी, ढुवानीकर्ता तथा वितरकलाई छ बुँदे निर्देशन दिएको छ । विभागले पानीको बिक्रीवितरणलाई प्रभावकारी बनाई सुपथ मूल्यमा गुणस्तरीय पानी उपभोक्तालाई उपलब्ध गराउन उक्त निर्देशन दिएको जनाएको छ । 

जसअनुसार पानी उद्योगी र ढुवानीकर्ताबीच अनिवार्य सम्झौता गरी खरिद तथा बिक्री बिल जारी गर्न, सादा बिलको प्रयोग नगर्न, ढुवानीकर्ताले खुद्र बिक्रेतालाई अनिवार्य बिल दिन तथा बिलबिजक जारी नगरी पानीको कुनै पनि कारोबार नगर्न निर्देशन दिइएको छ । 

विभागले जार तथा बोतल पानीमा प्रचलित कानूनबमोजिम लेबलमा उल्लेख गर्नुपर्ने विषय एम्बुसिङ्ग प्रिन्ट÷स्प्रेप्रिन्स वा अन्य विधिद्धारा अनिवार्य उल्लेख गर्न पनि भनेको छ । साथै, अनुगमनको क्रममा निर्देशन पालना गरेको नपाइएमा कारबाही गरिने विभागको चेतावनी छ । 

‘विभागबाट अनुगमन, निरीक्षणको क्रममा शर्त पालना नगरी उल्लंघन गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कारबाही भइजाने सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ ।

टिप्पणीहरू