भक्तपुरका ढकतराजुको अवस्थामाथि आशंका
भक्तपुर नगरपालिकाले ढक र तराजुको दर्ता गर्न स्थानीय व्यवसायीहरुलाई सूचित गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित व्यवसायीहरुलाई ढक र तराजुको दर्ता तथा नवीकरण गर्न आग्रह गरेको छ ।
‘भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा यस नगरक्षेत्रमा सञ्चालन भइरहेका पसल व्यवसायहरुको ढक र तराजु दर्ता नवीकरण गर्न नगरपालिकाको विभिन्न स्थानमा नेपाल गुणस्तर तथा नाप तौल विभागबाट टोली आउने भएकाले तोकिएको मिति र स्थानमा ढक, तराजु दर्ता तथा नवीकरण गर्न जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।
नगरपालिकाका अनुसार वडा नम्बरको ३ को कार्यालय वंशगोपाल, सुकुलढोका पाटी, च्याम्हासिंह, कमलविनायक, बिगमार्ट परिसर, बाराही पीठ, सल्लाघारी, चोङ्गा गणेशसँगै ढुंगेधारा र पाटी परिसरमा गई आफ्नो ढक, तराजु नवीकरण गर्न सकिनेछ । नवीकरण गर्ने समय आजदेखि आगामी मंगलबारसम्म तोकिएको छ ।
टिप्पणीहरू