घटाइयो आन्तरिक उडानमा हवाई भाडा : कम्तीमा ४५, बढीमा २६५
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक उडानमा हवाई भाडा सस्तिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको छ ।
प्राधिकरणका अनुसार विभिन्न सेक्टरमा ४५ रुपैयाँदेखि दुई सय ६५ रुपैयाँसम्म भाडा कम गरिएको छ । काठमाडौंबाट जाने उडानमध्ये सिमरामा ४५ रुपैयाँ हवाई भाडा घटेको छ ।
विराटनगरबाट नेपालगञ्जको उडानमा दुई सय ६५ रुपैयाँ, काठमाडौंबाट धनगढीतर्फ दुई सय २० रुपैयाँ, पोखरा–भद्रपुर उडानमा दुई सय रुपैयाँ भाडा घटाइएको छ ।
काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा भने एक सय ७० रुपैयाँले घटेको छ ।
टिप्पणीहरू