बक्यौता नतिरेका कारखाना झलमल, विश्वसम्पदा सूची अन्धकार
बक्यौता नतिरेको जनाउँदै विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रको तलेजु भवानी मन्दिर र चाँगुनारायण मन्दिरको विद्युतको लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले विद्युत महशुल बाँकी रहेकाले लाइन काटेको जनाएको छ ।
बिजुली अभावमा तलेजु मन्दिरको सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलीसमेत राति अन्धकारमा बस्न बाध्य भएको छ । प्राधिकरणका अनुसार तलेजु मन्दिरको बक्यौता २३ लाख बढी र चाँगुनारायणको बक्यौता झण्डै ३६ लाख छ ।
तर, वर्षौंदेखि अरबौं रुपैयाँ बक्यौता राखेका विभिन्न व्यवसायीका कारखानामा सरकारको निर्देशनपछि विद्युत लाइन जोडिएको छ ।
टिप्पणीहरू