आफ्नो स्ट्याट्स सरकारले हटाएको बालेनको आरोप

आफ्नो स्ट्याट्स सरकारले हटाएको बालेनको आरोप

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जालमा लेखिएको आफ्नो स्ट्याट्स हट्नुमा सरकारको हात रहेको बताएका छन् । आफ्नो पोष्ट हटाइएकोमा आपत्ति जनाउँदै उनले कि आफूलाई समात्न वा दोषीलाई पक्रन सरकारलाई चुनौती दिएका हुन् । 

सामाजिक सञ्जालमा लेखिएको पछिल्लो स्ट्याट्समा उनले पोष्ट उडाउनुको साटो दोषीलाई कारबाही गर्नतर्फ लाग्न सुझाएका छन् । लेखेका छन्, ‘पोष्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’

मेयर साहले हिजो लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्माले आठ वर्षदेखि एक नाबालिकामाथि घरेलु कामदारको नाममा हिंसा गरेको आरोप लगाउँदै स्ट्याट्स पोष्ट गरेका थिए । तर उक्त पोष्ट उनको फेसबुकबाट एकाएक हटेपछि साहले आक्रोश पोखेका हुन् । 

उक्त स्ट्याट्सपछि एमालेका कार्यकर्ताहरुले मेयरको चर्को विरोध गरेका छन् ।

टिप्पणीहरू