चिनियाँ लामा यतै बसे, श्रीमती र छोरी हङकङ फर्के
चिनियाँ लामा तथा अवतारी धर्मगुरु रिन्पोछे भूपति बज्रलामाकी श्रीमती र छोरी हङकङ फर्केका छन् । उनीहरु क्याथे प्यासिफिकको उडान नम्बर सीएक्स ६४० मा राति साढे ११ बजे काठमाडौंबाट त्यता गएका हुन् ।
विश्व सम्पदामा सूचीकृत बौद्ध महास्तुपाका प्रमुख अवतारी धर्मगुरु रिन्पोछे चिनियाँ लामा श्रीमती तथा गुरुआमा सिमु खान्ड्रो च्योङ होइ चिङ र छोरी यशोधरा ताइ लामासहित भदौ १० गते काठमाडौं आएका थिए । उनी यतै बसेका छन् भने श्रीमती र छोरी हिजो फर्केका हुन् ।
चिनियाँ बेला बेलामा विवादमा आउने गरेका छन् । यसअघि उक्त गुठीमा गुठी संस्थानले गरेको भूपतिको नियुक्तिलाई लिएर बौद्ध समुदायभित्रै विरोध भएको थियो ।
टिप्पणीहरू