चिकित्सा शिक्षा आयोगविरुद्ध आज पनि नाराबाजी

चिकित्सा शिक्षा आयोगविरुद्ध आज पनि नाराबाजी

चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस र पारामेडिकलको एकीकृत प्रवेश परीक्षाको नतिजामा त्रुटि भएको भन्दै आन्दोलित विद्यार्थीहरुले आज पनि विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । उनीहरुले आज र्यालीसहितको विरोध प्रदर्शन गरेका हुन् । 

र्याली निकाल्दै माइतीघर मण्डला आइपुगेका विद्यार्थीहरुले आयोगविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । उनीहरुले ‘एजुकेशन इज नट अ बिजनेश’,‘वाई आर यु हाइडिङ द रिजल्ट इन द एमईसी साइट ?’,‘द क्लाइमेट इज चेन्जिङ–वाई ईजन्ट एमईसी ?’,‘पाइँदैन, पाइँदैन् विद्यार्थीको भविष्यसँग खेलबाड गर्न पाइँदैन्’,‘एमईसीले गल्ती नहेराई फेल गर्नु नै भ्रष्टाचार हो !’,‘विद्यार्थीको भविष्य निर्धारण गर्नेजस्तो परीक्षामा राजनीति चल्दैन्’,‘वी वान्ट जस्टिस्’, लगायतका प्लेकार्ड बोकेका छन् ।

गत भदौ १ देखि भदौ ५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा प्रकाशनमा त्रुटि भएको थियो । एउटा विद्यार्थीको रोल नम्बर र प्राप्ताङ्कमा अर्कै विद्यार्थीको नाम प्रकाशित भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ओएमआर सिट देखाउन, प्रश्नपत्र सेट देखाउन र उत्तर पुस्तिका सार्वजनिक गर्न माग गरेका छन् ।

टिप्पणीहरू