भाषा आयोगको वार्षिक प्रतिवेदन शीतल निवासमा
भाषा आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । आयोग अध्यक्ष डा. गोपाल ठाकुरले शीतल निवास पुगेर आर्थिक वर्ष २०८०÷०८१ को प्रतिवेदन बुझाएका हुन् ।
भाषा आयोग ऐन, २०७४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
टिप्पणीहरू