पर्सि प्रदेशभर बिदा, आइतबार लुम्बिनीका छ जिल्ला

पर्सि प्रदेशभर बिदा, आइतबार लुम्बिनीका छ जिल्ला

लुम्बिनी प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । त्यहाँको आन्तरिक मामिला तथा कानून मन्त्रालयले हरितालिका तीज पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको जनाएको छ । 

‘लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/१२/२० गतेको निर्णयानुसार मिति २०८१÷०५÷२१ गते शुक्रबारका दिन हरितालिका (तीज) व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

यस्तै, मन्त्रालयले आइतबार प्रदेशका विभिन्न छ जिल्लामा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । थारु समुदायको बडका अत्तवारी पर्वका अवसरमा बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नलवपरासी (पूर्व) जिल्लामा बिदा घोषणा गरिएको छ ।

टिप्पणीहरू