मावली घर नजिकैको पोखरीमा तीन बालकको शव

मावली घर नजिकैको पोखरीमा तीन बालकको शव

धनुषामा तीन जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । लक्ष्मीनिया गाउँपालिका ७, लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार डुबेर १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साहको मृत्यु भएको छ । उनीहरु भोज खान मावलघर गएको बेलामा पोखरीमा पौडी खेल्न गएका थिए ।

मृतक बालकहरुको शव पोष्टमार्टमका लागि जनकपुर अस्पताल लगिएको छ । ती सबै मावलीका हजुरबुबा महावीर साहका तीन छोरीका छोराहरु हुन् ।
 

टिप्पणीहरू