सीधा कुराविरुद्धको मुध्दामा फेरि मिति धकेलियो,असोज १० गते बल्ल

सीधा कुराविरुद्धको मुध्दामा फेरि मिति धकेलियो,असोज १० गते बल्ल

सीधा कुरा डटकमविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुध्दामा अन्तिम फैसला सुनाउने मिति पुनः धकेलिएको छ । सर्वोच्च अदालतको बृहत पूर्ण इजलासको निर्णय सुनाउने पेशी असोज १० गतेका लागि सारिएको हो । 

यसअघि भदौ ६ गतेका लागि तोकिएको पेशी आज बस्नेगरी सारिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जिबी राईको सुनौलो परियोजना ‘ग्यालेक्सी फोर के’ मा प्रसारित सीधा कुरा कार्यक्रमको अनलाइन संस्करण ‘सीधा कुरा डटकम’ ले ‘द डार्क फाइल’ नामक कार्यक्रमबाट एउटा शंकास्पद अडियो सार्वजनिक गरेको थियो । 

‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेशन’ शीर्षकको समाचार सामग्रीमा उठाइएको विषयवस्तु कपोलकल्पित र भ्रामक भएको भन्दै सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले सर्वोच्चमा अदालतको अवहेलना मुध्दा दायर गरेका थिए ।

टिप्पणीहरू