प्रमुख आयुक्त र आयुक्तहरुले राजीनामा बुझाएपछि निर्वाचन आयोग रित्तो

प्रमुख आयुक्त र आयुक्तहरुले राजीनामा बुझाएपछि निर्वाचन आयोग रित्तो
सुन्नुहोस्

परिवर्तित विशेष परिस्थिति जनाउँदै बंगलादेशका प्रमुख निर्वाचन आयुक्तले राजीनामा दिएका छन् । गत जनवरीमा भएको निर्वाचनमा राजनीतिक हस्तक्षेपलाई अस्वीकार गरेका काजी हबिबुल अवालले पदबाट राजीनामा दिएको बताइएको छ ।

आज अवालसँगै चार आयुक्तले पनि राजीनामा बुझाएका छन् । यसअघि केन्द्रीय बैङ्कका गभर्नर र सर्वोच्च अदालतका न्यायाधीशहरूलगायत धेरै उच्च अधिकारीहरुले राजीनामा दिइसकेका छन् । 

तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पलायनपछि मुलुकको बदलिँदो परिदृश्यलाई ध्यानमा राख्दै आफू र अन्य आयुक्तहरूले राजीनामा दिने योजना बनाएको अवालले बताए ।

टिप्पणीहरू