नेकपा (बहुमत) का १० जना पक्राउ, प्रहरी भ्यानभित्रै मुर्दावादको नारा
नेकपा (बहुमत) को मसाल जुलुसको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । भ्रष्टचार विरुद्ध निकालिएको आफ्नो कार्यक्रममा प्रहरीले हस्तक्षेपसँगै १० जना प्रदर्शनकारी पक्राउ गरेको बहुमतले जनाएको छ ।
साँझ डिल्लीबजार, चारखालबाट एक दजर्न नेता तथा कार्यकर्ताले निकालेको मसाल जुलुसमा सहभागी सबैजसोलाई प्रहरीले प्रक्रेको छ । डिल्लीबजारबाट बागबजार पद्यकन्या कलेज नजिक पुगेपछि पार्टीको काठमाडौं सेक्रेटरी गोकुल पराजुली, अखिल (क्रान्तिकारी) सह–संयोजक वीरेन्द्र साह, झलक विक, अखिल क्रान्तिकारीका उषाकिरण आजाद, गोविन्द विष्ट, रमेश सुनार, मिमबहादुर ऐडी, लक्ष्मी पाण्डे, विक्रम पौडेललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बहुमतले भ्रष्टाचार र वित्तीय शोषणविरुद्ध मशाल जुलुस निकालेको बताएको छ । भ्यानमा हालेपछि पनि प्रदर्शकारीहरुले भ्रष्ट दलाल मुर्दावाद, नेकपा बहुमत जिन्दावाद, प्रहरी दमन मुर्दावादलगायत चर्का नारा लगाएका थिए ।
टिप्पणीहरू