तीजको रौनकमा झरी बाधक बन्दै
हिन्दू धर्मावलम्बी महिलाहरुले आज हरितालिका (तीज) पर्व मनाउँदैछन् । बिहानैदेखि ब्रतालुहरु राजधानीको पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा पूजाआजाको लागि पुग्ने क्रम शुरु भएको छ ।
तर, काठमाडौंलगायत मुलुकका धेरैजसो भागमा रातिदेखि परेको वर्षाका कारण उनीहरुले सास्ती खेप्नुपरेको छ । पशुपतिमा बिहान ३ बजेदेखि चारै वटा ढोका खोलिएको छ । वर्षा भए पनि ब्रतालु महिलाको भीड पशुपति परिसरमा बाक्लिँदै गएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का र मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइन्छ ।
टिप्पणीहरू