अटोमेसनले मान्छे चिन्छ श्रीमान् ?

अटोमेसनले मान्छे चिन्छ श्रीमान् ?

‘अजव नेपालमा गजब खेल—सर्वोच्च अदालतमा चल्ने अटोमेसनले पनि गर्छ कि क्या हो झेल’ भन्दै न्यायक्षेत्रमा गाउँखाने कथा हाल्न शुरु भएको छ ।

नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि कायम राख्ने र हटाउनेबारे परेको रिटमा म्याद तामेल भएकै भोलिपल्ट मुद्दा पेसीमा राखेर निर्णय दिने तर बहुचर्चित र न्यायाधीशहरू विवादमा फस्न सक्ने मुद्दाहरू भने हुत्याएर महिनौं पछि सार्ने काम हुन थालेपछि अटोमेसनका बारेमा यस्तो चर्चा शुरु भएको हो । जनता समाजवादी पार्टी विभाजनको पेशी मंसिरमा, रवि लामिछानेविरुद्धको राहदानीसम्बन्धी मुद्दा माघतिर पुगेपछि अटोमेसनले मान्छे चिन्दो रहेछ भन्दै व्यंग्य गर्न थालिएको छ । 

सीधा कुरामा नौ नौ जना न्यायाधीशले पटक पटक सुनुवाई गरे पनि बेलैमा फैसला नदिएर समय बर्बाद गरेको गुनासो छ । सर्वसाधारणको मुद्दा न्यायाधीशको अभावमा फैसला हुन नसकेको भन्ने तर खास खास पात्र जोडिएका मुद्दाको अन्तिम फैसला चैं समयमा नगर्ने भएपछि यस्तो आशंका उब्जिएको हो ।

न्यायालयको गरिमा र न्यायाधीशहरूमाथि नै मिडिया ट्रायलको आवरणमा हमला गरिएको घटनाका रूपमा डार्क फायल फेक अडियो प्रकरणलाई लिइन्छ भने यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र मानवअधिकारवादीलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट अत्यन्तै गम्भीरतापूर्वक हेरिएको मुद्दा पनि हो । सामाजिक सञ्जालको पनि उपयोग गरी न्यायालयको मानमर्दन गरिएको घटना हो ।

यो प्रकरणले आपूmमाथि भएको हमलाको बारेमा त न्यायाधीशहरू फैसला गर्न डराउने र हिच्किचाउने अवस्था छ भने जोखिम ब्यहोर्नु पर्ने कतिपय मुद्दाबाट अनेकन बहाना झिकेर पन्छिने प्रवृतिले घर गर्दै गएको महसुुस गरिएको छ । यस्ता प्रकरण देखेपछि जनताले अब कोबाट, के आशा गर्ने भन्ने प्रश्न उठाउन थालिएको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू