क्याबिनेटको निर्णय आधा महिनापछि कार्यान्वयन गरिँदै
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक पूर्ण रुपमा सुचारु गर्न इन्टरनेट र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन आज निर्देशन दिएको छ ।
‘सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको,’ उल्लेख छ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भदौ ६ गते टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको हो ।
तर, प्राधिकरणबाट औपचारिक रुपमा जानकारी नपाएपछि केही सेवा प्रदायकहरुले टिकटकमाथिको प्रतिबन्ध खुलाएका थिएनन् ।
टिप्पणीहरू