नुवाकोटमा रोकियो राहदानी सेवा
जिल्ला प्रशासन कार्यालय, नुवाकोटले प्रवाह गरिरहेको राहदानी सेवा अनिश्चितकालका लागि रोकेको छ । बायोमेट्रिक विवरण संकलन प्रणालीमा समस्या आएपछि राहदानी सेवा स्थगन भएको प्रशासन कार्यालयले जनाएको छ ।
हिजोदेखि सेवा रोकिएको प्रशासकीय अधिकृत उपेन्द्र शाहले बताए । ‘विद्युतीय राहदानीको बायोमेट्रिक विवरण संकलन प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएकोले अर्को सूचना नभएसम्म सेवा प्रवाह स्थगन भएको...’,जारी सूचनामा उल्लेख छ ।
प्रशासनले दैनिक ८० देखि एक सयसम्म आवेदन संकलन गर्दै आइरहेको थियो ।
टिप्पणीहरू