तीज मनाउन दिल्ली पुगिन् भरतपुरकी मेयर
भरतपुरकी मेयर तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल नयाँ दिल्ली पुगेकी छन् । उनी त्यहाँ आयोजित हरितालिका तीज महोत्सव २०८१ मा सहभागी हुन गएकी हुन् ।
हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारद्वारा आयोजित हरितालिका तीज महोत्सव २०८१ मा बाबा रामदेव महाराज,आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण लगायतको उपस्थिति रहेको बताइएको छ ।
टिप्पणीहरू