महिलाहरु सप्तऋषिको पूजामा व्यस्त

महिलाहरु सप्तऋषिको पूजामा व्यस्त

हिन्दू धर्मावलम्बी महिलाहरु अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर ऋषिपञ्चमी मनाउँदैछन् ।

तीजको अन्तिम दिन भाद्र शुक्ल पञ्चमीका दिन महिलाहरुले नजिकैको नदी, खोला, ताल, तलैया र पोखरीमा तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवम् खरानी दलेर स्नान गरेपछि पूजा गर्ने धार्मिक प्रचलन छ ।

आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट विभिन्न व्यवधानमा मुक्ति पाइने धार्मिक विश्वास छ । अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा भनिन्छ ।

 

टिप्पणीहरू