मणिपुरको लडाइँ र भारतीय मिडिया वार
भारतको मणिपुरमा गृहयुद्ध चलिरहेको छ । एउटा लडाइँ मणिपुरको माटोमा र अर्को भारतीय मिडियामा । जालझेल र षड्यन्त्रको श्रृङ्खला दुवैतिर गहिरो छ–मणिपुर र टेलिभिजनको पर्दामा ।
बम मणिपुरको उपत्यकामा खस्छ तर यसको धुवाँ पहाड हुँदै टेलिभिजन स्टुडियोसम्म आइपुग्छ । मणिपुरमा जे भइरहेको छ,त्यो अत्यन्त पीडादायी र खतरनाक छ । अनि भारतीय मिडियामा जे चलिरहेको छ,त्यो झनै हानिकारक छ।
मिडियाको प्रभाव दूरदराजसम्मै फैलिन्छ । बम आक्रमणले थोरै मानिसको ज्यान लिनसक्छ, तर गलत मिडिया रिपोर्टिङले लाखौंको मन र हृदयलाई असर गरिरहेको छ । त्यसैले युद्धजस्तो अवस्थामा सञ्चारमाध्यमले निष्पक्ष र तटस्थ रहनु आवश्यकता मात्र होइन, अनिवार्य पनि हुन्छ । दुर्भाग्यवश, अहिले भारतीय मिडियाको शैली ठीक उल्टो छ।
म्यान्मारको सिमानामा अवस्थित भारतको अति संवेदनशील राज्य मणिपुरको अवस्था डेढ वर्षदेखि गम्भीर छ । तर बम,बन्दुक र गोलाबारीबाट त्रसित,व्याकुल, भयभित र आक्रोशित जमातले मणिपुरमा गरेको पछिल्लो ड्रोन आक्रमणलाई लिएर नयाँ र गम्भीर विवाद खडा भएको छ ।
उनले यसलाई पूर्णतया जातीय द्वन्द्व भन्दै म्यान्मार, अमेरिका वा चीनको कुनै भूमिका नभएको बताएका छन् । कुकी र मेइतेई जातीय द्वन्द्वलाई विदेशी हस्तक्षेपसँग जोड्दा स्थिति थप जटिल हुने भारतीय खोज पत्रकारहरूकाे दाबी छ ।
पश्चिम इम्फालको कौत्रुक र सेन्जाम चिराङमा ड्रोन बम हानियो । जसमा एक महिलासहित दुई जनाको मृत्यु भयो र तीन जना घाइते भए । घटनापछि उपत्यकामा बसोबास गर्ने मैतेइ समुदायले पहाडी क्षेत्रमा बसोबास गर्ने कुकी जातिलाई जिम्मेवार ठहर गर्यो ।
भारतीय मिडियाको असंगति र पूर्वाग्रहको प्रतीक अर्नब गोस्वामीले आफ्नो शोमा मणिपुर हिंसाको तथ्यपरक रिपोर्टिङको कहिल्यै गरेनन् । हुन त,अर्नबजस्ता दर्जनौँ पत्रकारलाई भारतमा गोदी पत्रकार भनेर पनि चिनिन्छ । जसले राज्यसत्ता र प्रधानमन्त्री मोदीको मात्रै गीत गाउँछन् ।
मणिपुरमा जारी द्वन्द्वलाई लिएर मिडियाको एक भागको व्यवहार अत्यन्त चिन्ताजनक छ । आदिवासी जनजाति नेता फोरमका नेता तथा कुकी विद्यार्थी संगठननिकट एकजना सदस्यले अर्नब गोस्वामीका आरोपहरूलाई निराधार र काल्पनिक भन्दै अस्वीकार गरेका छन् । उनले यसलाई पूर्णतया जातीय द्वन्द्व भन्दै म्यान्मार, अमेरिका वा चीनको कुनै भूमिका नभएको बताएका छन् । कुकी र मेइतेई जातीय द्वन्द्वलाई विदेशी हस्तक्षेपसँग जोड्दा स्थिति थप जटिल हुने भारतीय खोज पत्रकारहरूकाे दाबी छ ।
टिप्पणीहरू