सहकारीविरुद्धकाे उजुरी दर्ता राजधानीका वडामा पनि

सहकारीविरुद्धकाे उजुरी दर्ता राजधानीका वडामा पनि

काठमाडौं महानगरपालिकामा सहकारी संस्थाविरुद्ध उजुरी बढ्दै गएको छ । महानगरको सहकारी विभागमा निक्षेप रकम फिर्ता मागसम्बन्धी बचतकर्ताको गुनासो बढेपछि वडा कार्यालयहरुलाई पनि उजुरी दर्ता गर्न निर्देशन दिइएको छ । विभागले सबै वडा कार्यालयलाई तहाँ वडा क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाबाट बचत रकम फिर्ता माग गरिएको उजुरी तथा गुनासो दर्ता गर्न निर्देशन दिइएको जनाएको छ । 

‘बचत रकम फिर्ता मागसम्बन्धी बचतकर्ताहरुको गुनासो दिनानु बढ्दै गएकाले तहाँ वडा क्षेत्रभित्र सञ्चालित काठमाडौं महानगरपालिकाको क्षेत्रात्रिकारभित्र पर्ने सहकारी संस्थाबाट बचत रकम फिर्ता माग गरिएको उजुरी तथा गुनासो आवश्यक कागजातसहित दर्ता गरी पठाउनू,’ परिपत्रमा भनिएको छ । 

वडा कार्यालयहरुले नागरिकताको प्रतिलिपि, बचत जम्मा गरेको पासबुक/आद्यावधिक बचत गरेको कागजातको प्रतिलिपिसहित उजुरी दर्ता गरी विभागमा पठाउनुपर्नेछ । उजरीका आधारमा विभागले सम्बन्धित सहकारीको अनुगमन तथा अनुसन्धान गर्ने जनाएको छ ।

टिप्पणीहरू