पलेशालाई काँग्रेसको पाँच लाख

पलेशालाई काँग्रेसको पाँच लाख

नेपाली काँग्रेसले पाराओलम्पिककी काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पाँच लाख नगदसहित सम्मान गर्नुभएको हो । यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई डेढ लाख नगदसहित सम्मान गरिएको छ । 

सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी पनि सहभागी हुनुभएको थियो । पलेशाले पेरिस पाराओलम्पिक खेल तेक्वान्दोमा काँस्य पदक जित्दै नेपाली खेलकुद इतिहासमा नयाँ अध्यायको शुरुवात भएको बताइएको छ । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पनि हो । 

टिप्पणीहरू