पर्सामा डिजे बजाउन प्रतिवन्ध

पर्सामा डिजे बजाउन प्रतिवन्ध

पर्सामा सार्वजनिक कार्यक्रममा चर्को आवाजमा डिजे तथा स्पिकर बजाउन रोक लगाइएको छ । सार्वजनिक स्थानमा बजाइएको डिजे साउण्डले जनस्वास्थ्यमा प्रतिकूल असर परेको जनगुनासो बढेपछि जिल्ला प्रहरी कार्यालयले यस्तो निर्णय गरेको हो । 

जिल्ला सुरक्षा समितिको बैठकले चर्को आवाजका डिजे, लाउड स्पिकर बजाउन प्रतिवन्ध लगाउनुका साथै यस्तो कार्य गर्नेलाई कारबाही गरिने निर्णय गरेको थियो । सोहीअनुसार जिप्रकाले सूचना जारी गर्दै राजनैतिक तथा धार्मिक–सांस्कृतिक कार्यक्रम, चाडपर्व, जुलुस, सम्मेलनलगायतमा ठूलो आवाजमा डिजे, स्पिकर, लाउड स्पिकरहरु बजाउन रोक लगाएको जानकारी दिएको छ । 

‘पर्सा जिल्लाभित्र हुने विभिन्न राजनैतिक तथा धार्मिक–सांस्कृतिक कार्यक्रम, चाडपर्व, धार्मिक र्याली, जुलुस, सम्मेलन, बैठक वा प्रचार प्रसारात्मक क्रियाकलाप गर्दा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डिजे, स्पिकर, लाउड स्पिकरहरु ठुलो स्वरले बजाउने, आतिसवाजीहरु गर्नेजस्ता क्रियाकलापहरुले असुविधा पुग्न गएको हुँदा २०८१-०५-२१ गते जिल्ला सुरक्षा समितिबाट त्यस्ता क्रियाकलाप नियन्त्रण गर्ने निर्णय भएको छ,’ सूचनामा भनिएको छ, ‘यदि सूचनाको बर्खिलाप गरी यस्ता कार्यहरु गरेमा कानूनबमोजिम कारबाही भइजाने व्यहोरा समेत जानकारी गराइन्छ ।’
 

टिप्पणीहरू