गायक, पत्रकारलगायत ऋणीहरुको दाबी : हाम्रो पनि बिचल्ली भयो
सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न गठित संसदीय समितिले गायक रामकृष्ण ढकालसहित छ जनाको कुरो सुनेको छ । विभिन्न सहकारी संस्थाबाट ऋण लिएर फिर्ता नगर्नेहरुलाई समितिले आज सिंहदरबारमा बोलाएर छलफल गरेको छ ।
गायक ढकाल ललितपुरस्थित लालीगुराँस बचत सहकारीका ऋणी हुन् । उनले समयमै ऋण तिर्न नसकेपछि केही समयअघि सहकारीले ऋण चुक्ताका लागि सूचना जारी गरेको थियो ।
समितिले ढकालसहित विभिन्न सहकारीका ऋणी सागर बगाले, कुन्दन अर्याल, सुरेश आचार्य, अनन्तकान्त मैनाली र विदुर धमलासँग छलफल गरेको हो । छलफलपछि ऋणीहरु पनि सहकारी पीडित देखिएको समिति सभापति सूर्य थापाले बताए ।
टिप्पणीहरू