पोखराका सामुदायिक विद्यालयमा चिनियाँ भाषा कक्षा निःशुल्क

पोखराका सामुदायिक विद्यालयमा चिनियाँ भाषा कक्षा निःशुल्क
सुन्नुहोस्

पोखरा महानगरले झण्डै एक दर्जन सामुदायिक विद्यालयमा निःशुल्क चिनियाँ भाषा कक्षा सञ्चालन गर्न लागेको छ । १० वटा सामुदायिक विद्यालयमा एक वर्षसम्म चिनियाँ भाषा अध्यापन गराउन लागिएको महानगरले जनाएको छ । 

यसका लागि १० जना चिनियाँ भाषा शिक्षक पोखरा पुगिसकेका छन् । महानगरका अनुसार यो पहिलो चरणको निःशुल्क भाषा कक्षा रहेको र आगामी दिन क्रमशः कक्षा सञ्चालन गरिने छ ।

टिप्पणीहरू