वर्तमान सरकार दलाल र बिचौलियाहरुले जुटाइदिएको प्रचण्डको आरोप
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष नेतृत्वको सरकार दलाल र बिचौलियाहरुले जुटाइदिएको बताउनुभएको छ । उहाँले सिरहाको मिर्चैयामा गर्नुभएको कार्यकर्तासँगको भेटघाटमा उक्त आरोप लगाउनुभएको छ ।
आफू नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरेपछि नेपाली काँग्रेस र एमालेलाई दलाल र बिचौलियाहरुले मिलाइदिएको उहाँको भनाई छ । प्रचण्डले भन्नुभयो, ‘संसद्का दुई ठूला दल मिल्नु संसदीय व्यवस्थामा अप्राकृतिक गठबन्धन हो ।’
अध्यक्ष प्रचण्डले २०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएकोमा सिरहाका जनतालाई धन्यवाद दिनुभएको छ । सउहाँले मधेससँगको लभ कहिल्यै ब्रेकअप नहुने जानकारी गराउनुभयो ।
प्रचण्डले यसअघि २०७० असार २ गते मधेशमा आयोजित एक कार्यक्रममा भन्नुभएको थियो, ‘मधेशसँग मेरो गहिलो लभ परेको छ । यो लभ चानचुने लभ हैन । कहिल्यै ब्रेकअप नहुने लभ हो ।’
टिप्पणीहरू