बालेनको जस्तै स्टाटस लेखेकाहरु धरौटीमा छुटे
काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहले जस्तै ‘बालुवाटार र सिंहदरबारमा आगो लगाउने स्टाटस लेखेवापत समातिएका सात जना छुटेका छन् ।
आफूलाई सामाजिक अभियन्ता भन्ने तारा राजावादीले फेसबुकमा ‘बालुवाटार र सिंहदबार आगो लगाउने तयारीमा छौं’ भनी स्टाटस लेखेका कारण प्रहरीले उनीसहित सन्तोष राजावादी, सतिस राजावादीलगायत सात जनालाई भदौ ६ गते नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनही तीन हजार धरौटी तिराएर छाडेको हो । सिडिओ जितेन्द्र बस्नेतको आदेशमा धरौटीमा रकम बुझाई उनीहरु साँझ ५ बजे रिहा भएको प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू