साढे आठ सय बेरोजगारलाई काठमाडौंमा रोजगारी

साढे आठ सय बेरोजगारलाई काठमाडौंमा रोजगारी

काठमाडौं महानगरपालिकाले श्रम बैंकमार्फत साढे आठ सय जनालाई रोजगारी प्रदान गरेको छ । महानगरले गत आर्थिक वर्ष २०८०/०८१ मा श्रम बैंकमा आबद्ध आठ सय ५८ जना बेरोजगारलाई रोजगारी उपलब्ध गराएको छ ।

तीमध्ये पाँच सय ५८ जनालाई महानगरभित्र र तीन सय ३९ जनालाई निजी क्षेत्रमार्फत् रोजगारी प्रदान गरिएको जनाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थप एक हजारलाई रोजगारी दिइएको छ । 

सोही अवधिमा महानगरले प्रदेश सरकारबाट सिफारिस ७१ जना कर्मचारीको पदस्थापन गरेको छ । महानगरले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षामा विभागस्तरीय छलफलसमेत गरेको छ ।
 

टिप्पणीहरू