कान छेडिएका कुकुर र बिरालोको संख्या साढे ५ हजार

कान छेडिएका कुकुर र बिरालोको संख्या साढे ५ हजार

राजधानीका साढे पाँच हजार सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा उक्त संख्यामा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

सोही अवधिमा १६ हजार कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप पनि लगाइएको छ । त्यस्तै, एक हजार कुकुरलाई डिस्टेम्पर भ्याक्सिन दिइएको छ । दुई हजार ४७९ मृत जनावरको व्यवस्थापन समेत गरिएको महानगरले जनाएको छ । 

सामुदायिक कुकुर र बिरालोको संख्या सीमित गर्न र तिनीहरुका लागि उचित बासस्थान मिलाउन महानगरले त्यस्ता कुकुर र बिरालोको बन्ध्याकरण गर्दै आएको छ । बन्ध्याकरण गरिएका कुकुर, बिरालोमा महानगरले एअर नोच (कानमा सानो चिन्ह) समेत लगाइदिने गरेको छ ।
 

टिप्पणीहरू