बेइजिङमा उच्चस्तरीय सुरक्षा सम्मेलन,सिंगापुरका रक्षामन्त्रीको सम्बोधन

बेइजिङमा उच्चस्तरीय सुरक्षा सम्मेलन,सिंगापुरका रक्षामन्त्रीको सम्बोधन

बेइजिङमा भोलिदेखि शुरु हुने उच्चस्तरीय सुरक्षा सम्मेलनमा नेपाली सेनाका तर्फबाट दुई जनाले भाग लिँदै छन् । भर्खरै बढुवा भएका उपरथी मधुकरसिंह कार्की र महासेनानी अच्युतम भण्डारी त्यसका लागि हिजोराति बेइजिङ गएका छन् ।

उनीहरु क्याथे प्यासिफिकको उडान नम्बर सिएक्स ६४० मा राति साढे ११ बजे काठमाडौंबाट हङकङ हुँदै बेइजिङ गएको बताइएको छ । शनिबारसम्म चल्ने ११ औं बेइजिङ सिआङसान फोरममा सिंगापुरका रक्षामन्त्री डा.नुङ हेन सहभागी हुँदैछन् । उनले पर्सिलाई राखिएको ‘एसिया प्रशान्त क्षेत्रको समृद्धि र स्थायित्वका लागि सुरक्षा सहयोग’ सम्बन्धी विशेष कार्यक्रमलाई सम्बोधन गर्ने सिंगापुरको रक्षा मन्त्रालयले जनाएको छ ।

चीनले सुरक्षा तथा प्रतिरक्षासम्बन्धी उच्चस्तरीय यो वर्षको सम्मेलनमा ‘साझा भविश्यका लागि शान्ति प्रवर्धन’ नारा तय गरेको छ ।

टिप्पणीहरू