निधन कम्युनिष्ट नेताको, चर्चा विश्वभर

निधन कम्युनिष्ट नेताको, चर्चा विश्वभर

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीतारा येंचुरीको निधनले विश्वभर चर्चा पाएको छ । चर्चिंत भारतीय कम्युनिष्ट नेताको छबि बनाएका उनको राजधानी नयाँ दिल्लीस्थित एम्स् अस्पतालमा उपचारको क्रममा २५ दिनपछि निधन भएको छ । 

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई अगष्ट १९ मा भर्ना गरिएको थियो । ७२ वर्षे येँचुरी विश्व कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय चर्चित थिए । दिल्ली विश्वविद्यालयको स्टेफेन कलेजबाट स्नातक उनले जेएनयूबाट अर्थशास्त्रमा स्तातकोत्तर गरेका थिए । जेएनयू स्ववियू सभापति बनेपछि उनले लोकसभा चुनावमा पराजित तर विश्वविद्यालयको कुलपति रहेकी भूतपूर्व प्रधानमन्त्री इन्दिरा गान्धीलाई पदबाट हटाउन आन्दोलन गरेपछि उनी भारतलगायत विश्वमै चर्चामा आएका थिए ।

उनी पार्टीमा तीनपटक महासचिव भए । सन् २००५ देखि सन् २०१७ सम्म भारतीय राज्यसभा सदस्य चुनिएका थिए । येचुरी प्रधानमन्त्री मोदीका कट्टर विरोधीको रुपमा परिचित छन् । उनले मोदीमाथि काश्मिरमा अधिकार कटौती गरेको र हिन्दूत्व लादेको आरोप लगाएका थिए ।

टिप्पणीहरू