औंशी र एकादशीका दिन मासु पसल बन्द
पाल्पाको रामपुर नगरपालिकाभित्र औंशी र एकादशीमा पशुपंक्षी बधमा रोक लगाइएको छ । नगरपालिकाले एकादशी र औंशीका दिन पशुपंक्षी बध नगर्न स्थानीयलाई आग्रह गरेको छ ।
धार्मिक, सांस्कृतिक परम्पराअनुसार उक्त दिनमा पशुपंक्षी बध गर्न नहुने मान्यता रही आएकाले उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । यसले धार्मिक सहिष्णुता र सद्भाव कायम रहनुका साथै धार्मिक आस्थामा असर नपर्ने र मानवीय स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने नगरपालिकाको विश्वास छ ।
जारी सूचनामा भनिएको छ, ‘एकादशी र औंशीको दिनमा पशुपंक्षी बध नगर्दा धार्मिक सहिष्णुता र सद्भाव कायम हुने, धार्मिक आस्थामा पनि असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने हुँदा मिति २०८१÷०५÷१२ गतेको कार्यपालिका बैठकको निर्णयबमोजिम उक्त दिनमा पशुपंक्षी बध नगर्न नगराउन यो सूचना प्रकाशन गरिएको छ ।’
टिप्पणीहरू