यात्रुको सुगर लेभल बढेपछि उड्न लागेको विमान रोकियो

यात्रुको सुगर लेभल बढेपछि उड्न लागेको विमान रोकियो

काठमाडौंबाट आज बिहान नयाँ दिल्ली जान ठिक्क परेको भिस्तारा एअरको विमान रन वे पुगेर पुनः पार्किङमा फर्केको छ । १६१ जना यात्रु लिएर उड्न ठिक्क परेको विमानलाई उड्नुभन्दा केही मीनेट अगाडि डाइभर्ट अर्थात फर्काइएको थियो ।

बिहान साढे ११ बजेको भिस्ताराको उडान नम्बर यूके–१५८ मा रहेका एक जना यात्रुले आफ्नो चिनी रोग (सुगर) एक्कासी बढेको बताएपछि विमानलाई फर्काइएको बताइन्छ । त्यसपछि विमानलाई पार्किङमा ल्याएर बिरामीलाई एम्बुलेन्समा राखेर नजिकैको काठमाडौं मेडिकल कलेज अस्पताल पुर्याइएको थियो ।

विमान तोकिएको उडान समयभन्दा करिब ५० मीनेट ढिलो मध्यान्ह १२ बजेर १९ मीनेटमा काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गरेको हो । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ सोही उडानमा नयाँ दिल्ली गएका छन् ।

टिप्पणीहरू