बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी नारालाई गिज्याउँदै बालविवाह

बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी नारालाई गिज्याउँदै बालविवाह

आज ६०औं बाल दिवस ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ नाराका साथ मुलुकभर मनाइँदैछ । सरकारले हरेक वर्ष भदौ २९ गते बाल दिवस मनाउने गरेको छ । बालबालिकासम्बन्धी नियमावली २०७८ ले बालबालिकाको सम्मान, संरक्षण, संवद्र्धन तथा संरक्षणका लागि स्थानीय तहमा बाल अधिकार समिति रहने र एक जना बाल कल्याण अधिकारीको व्यवस्था गरेको छ । तर तर ७५३ मध्ये ३५३ स्थानीय तहले बाल कल्याण अधिकारीको व्यवस्थासमेत गर्न सकेका छैनन् । 

बालबालिकाका हक–अधिकार प्रत्याभूतिका लागि कानुनी व्यवस्था भएपनि उचित कार्यान्वयन हुन सकेको छैन । ग्रामीण भेगका अधिकांश बालबालिका अझै पनि शिक्षा, स्वास्थ्य, उचित आहारजस्ता आधारभूत सेवाबाट वञ्चित छन् ।

१७ वर्षसम्मको उमेर समूहलाई बालबालिका मानिन्छ । राष्ट्रिय जनगणनाअनुसार नेपालमा १७ वर्षसम्मका बालबालिकाको संख्या ९८ लाखभन्दा बढी छ । त्यसमध्ये ५१ दशमलव ८ प्रतिशत बालक र ४८ दशमलव २ प्रतिशत बालिका हुन् । 

एक सर्वेक्षणअनुसार १५ देखि १९ वर्षका १४ प्रतिशत किशोरीहरु गर्भवती हुने गरेको छन् । झण्डै २ प्रतिशतको बालविवाह हुने गरेको छ । ६ प्रतिशत बालबालिका अझै पनि विद्यालय पहुँचबाट वञ्चित छन् ।

टिप्पणीहरू