राष्ट्रपति तिहारपछि, अर्थमन्त्री आजै राति विदेश भ्रमणमा

राष्ट्रपति तिहारपछि, अर्थमन्त्री आजै राति विदेश भ्रमणमा

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान जानुहुने भएको छ । जलवायु परिवर्तन सम्बन्धी विश्वसम्मेलन (कोप समिट)मा सहभागी हुन उहाँ कात्तिक अन्तिम साता त्यहाँ जाने कार्यक्रम रहेको बताइन्छ ।

सम्मेलन कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म राजधानी बाकुमा आयोजना हुँदैछ । राष्ट्रपति पौडेल दोस्रो पटक विदेश भ्रमणमा जान लाग्नुभएको हो । 

अर्थमन्त्री विष्णु पौडेल अमेरिका जाँदै हुनुहुन्छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन उहाँ आज राति वासिङटन डीसीका लागि दोहा प्रस्थान गर्ने कार्यक्रम छ ।  

उक्त बैठकमा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ सचिव डा. रामप्रसाद घिमिरे यसअघि नै अमेरिक पुगिसकेका छन् ।

टिप्पणीहरू