अजरबैजान जानुभएका राष्ट्रपतिको स्वदेश आगमन

अजरबैजान जानुभएका राष्ट्रपतिको स्वदेश आगमन फाईल फोटो
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुबाट स्वदेश फर्कनुभएको छ । उहाँ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिएर काठमाडौं आइपुग्नुभएको छ ।

राष्ट्रपतिको टोली कतार एअरवेजको उडान नम्बर क्युआर ७४५० मा बिहान पौने १० बजे दोहाबाट काठमाडौं आइपुगेको हो । टोलीमा राष्ट्रपतिकी श्रीमतीसहित १७ जना छन् । उहाँ नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक २५ गते त्यता जानुभएको थियो ।

यी हुन् राष्ट्रपतिसँगै अजरबैजानबाट फर्केकाहरु :

राष्ट्रपतिकी श्रीमती सविता पौडेल,राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. कृष्णहरि पुष्कर,राष्ट्रपतिका जल तथा वातावरण विज्ञ डा. परमेश्वर पोखरेलसँगै फर्केका छन् ।

त्यसैगरी प्रमुख स्वकीय सचिव एवम् छोरी अवज्ञा पौडेल,नेपाली सेनाका सहायक रथी मनोज बैदवार,राष्ट्रपतिका सञ्चार विज्ञ किरणकुमार पोखरेल, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा,परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई,शिष्टाचार महापाल विष्णुप्रसाद गौतम,उपसचिव पुरुषोत्तम ढुङ्गेल पनि टोलीमा थिए ।

सेनानी हरिबहादुर श्रेष्ठ, परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत प्रवीण भट्टराई,निजी चिकित्सक डा. निरज बम,नेपाल टेलिभिजनका क्यामेराम्यान उत्तम सिलवाल र सहयोगी प्रदीपमगर पनि आजैको उडानमा काठमाडौं आएका छन् ।

टिप्पणीहरू