एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा शिवाकोटी

एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा शिवाकोटी
सुन्नुहोस्

नेकपा (एमाले)को युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा सुदर्शन शिवाकोटी चयन भएका छन् । 

काठमाडौंमा जारी पाँचौ अधिवेशनबाट उनी निर्विरोध अध्यक्ष छानिएका हुन् । जिल्ला कमिटी सचिवमा नरेन्द्र न्यौपाने पनि सर्वसम्मत भएका छन् । उपाध्यक्षमा भने श्यामकाजी खत्री, प्रकाश भुजेल, मदन विष्ट र बलराम बेलबासेको उम्मेदवारी परेको छ ।

खुला उपसचिवतर्फ जगत लामा, मोदनाथ सिग्देलले उम्मेदवारी दर्ता गराएका छन् । महिलातर्फ सजिना थापा मगर, विनिता काफ्ले, शोभा सापकोटाको उम्मेदवारी परेको छ । 

नयाँ नेतृत्वका लागि हिजो बेलुका ८ बजेसम्म उम्मेदवारी दर्ता समय तोकिएको थियो । मतदान आजका लागि तोकिएको छ । 

एमालेको विधानमा विद्यार्थी र युवा संगठनमा आबद्ध उपत्यकाका संगठित सदस्यहरुबाट युवा विद्यार्थी विशेष जिल्ला समिति चयन हुने व्यवस्था छ ।

एमालेमा भूगोल र गैरभूगोलसहित ८१ जिल्ला समिति छन् । अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने अब १० जिल्लाको अधिवेशन हुन बाँकी रहेको एमालेले जनाएको छ ।

टिप्पणीहरू